नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा यादव सर्वसम्मत चयन


eShilalekh

११ आश्विन २०८३, आईतवार १८:३२

वीरगन्जः नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । जगरनाथपुर गाउँपालिका-५ मसिहानीमा आइतबार सम्पन्न अधिवेशनबाट गाउँपालिका अध्यक्ष समेत रहेका यादव सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट क्षेत्रीय सचिवमा बलिष्टर अहमद र सहसचिवमा सन्जय चौधरी पनि पुनः सर्वसम्मत चयन भएका छन् । यसैगरी कांग्रेसको १५ औं महाधिवेशनका लागि प्रतिनिधिमा पूर्वउद्योगमन्त्री रमेश रिजाल, मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, जिल्ला सहसचिव नविन सिंह, सहरुम राउत गदी, किशोरी प्रसाद कानु, पन्चानन्द मिश्र, रेखा चौधरी, गोमा उपाध्याय, गीता विष्ट र शोभा शर्मा सर्वसम्मत छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्