धनुषामा टिपरको ठक्करबाट बालिकाको मृत्यु


eShilalekh

१३ आश्विन २०८३, मंगलवार १५:३७

धनुषा: धनुषामा मंगलबार टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका-३ का रामनाथ रामकी चार वर्षीया छोरी नैनसी रहेकी छन् ।

जनकपुरधाम-ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि प्रदेश ०३-००१ ख ८५४५ नम्बरको टिपरले बालिकालाई ठक्कर दएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

टिपरसहित चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्