विद्युत् मर्मतका क्रममा करेन्ट लागेर एक युवकको मृत्यु


eShilalekh

१५ आश्विन २०८३, बिहीबार १५:११

धनुषाः धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-९ औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार छिमेकीको घरमा बिजुली बिग्रिएपछि मर्मत गरिदिन साहलाई आग्रह गरिएको थियो । छिमेकीको आग्रहपछि विद्युत् मर्मतका लागि बिजुलीको पोलमा चढेका साहलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्