धनुषामा लागूऔषध गाँजासहित एक महिला पक्राउ


eShilalekh

११ कार्तिक २०८३, बुधबार १५:४५

जनकपुरः धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहीदनगर नगरपालिका-१ भगवन टोलकी करिब ४० वर्षीया प्रमिला देवी मण्डल रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मण्डलको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट दुई किलो चार सय ७० ग्राम लागूऔषध गाँजा बरामद गरेको प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

बरामद गरिएको गाँजासहित मण्डललाई नियन्त्रणमा लिइएको र यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्