बारामा ६ लाखभन्दा बढीको अवैध लत्ताकपडा र मोटरसाइकल बरामद


eShilalekh

१२ कार्तिक २०८३, बिहीबार ११:२०

सिमराः सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका-१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट लाखौँ मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बरैनियाबाट खटिएको गस्ती टोलीले भारततर्फबाट भन्सार छली नेपाल ल्याउँदै गरेको करिब ६ लाख ४६ हजार सात सय ५० रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको हो। साथै सो सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गरिएका उक्त मालसामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्