सशस्त्र प्रहरीद्वारा बारामा लाखौँ मूल्य बराबरको अवैध सामान बरामद

सिमराः नेपाल-भारत सीमा क्षेत्रमा भइरहेको भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले बाराबाट लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
बाराको विश्रामपुर गाउँपालिका-१ कल्याणपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) बरैनियाको गस्ती टोलीले अवैध सामान बरामद गरेको हो।
नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ भन्सार छलेर चोरी निकासी तथा पैठारी गरिरहेको अवस्थामा लत्ताकपडा, किराना सामान, हरियो मटर र स्याउ लगायतका सामग्री, सामान ओसारपसार तथा ढुवानीमा प्रयोग गरिएका तीनवटा साइकलसहित बरामद गरिएका सम्पूर्ण सामानको कुल बजार मूल्य रु. सात लाख ८१ हजार सात सय ६० रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।





