रास्वपा सांसद सिंहले थाले मेची-महाकाली पदयात्रा, सभापति लामिछानेले गरे बिदाइ


eShilalekh

३० कार्तिक २०८३, सोमबार १३:३५

सिमरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पदयात्रा सुरु गरेका छन् । सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट उनले पैदल यात्राको सुरुवात गरेका हुन् ।

अभियानको शुभारम्भ कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले सांसद सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । बिदाइका क्रममा सभापति लामिछानेले उक्त पदयात्राले मधेश, पहाड र हिमालसहित सिङ्गो देशलाई जोड्ने र विभिन्न स्थानमा सद्भाव तथा एकता कायम गर्ने सन्देश दिने उद्देश्य राखेको उल्लेख गर्दै सांसद सिंहलाई सफलताको शुभकामना दिए ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनसरोकारका विविध मुद्दाहरू उठाउने लक्ष्यका साथ सिंहले ६० दिने मेची-महाकाली पदयात्रा सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्