सिमराको जीवन फ्रेस हाउसमा चोरी गर्ने व्यक्ति पक्राउ


eShilalekh

११ मंसिर २०८३, शुक्रबार ०९:२१

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित जीवन फ्रेस हाउसमा चोरी गरी फरार हुने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१८ मोतिसरका १८ वर्षीय सनी साह रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले साहलाई कलैयाको सिसहनियाबाट पक्राउ गरेको हो । सिसिटिभी क्यामरामा कैद फुटेजको आधारमा खोजी गर्दै प्रहरी चोरी गर्ने व्यक्तिसम्म पुगेको हो ।

साहलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । पक्राउ परेका साहले आफूले एक हजार पाँच सय रुपैयाँ चोरी गरेको स्वीकार गरेका छन् ।

यता जीवन फ्रेस हाउसका संचालकले भने २५ हजार रुपैयाँ चोरी भएको बताएका छन् । पसलमा कोही नभएको मौका छोपेर साहले बुधबार दिउँसो पैसा चोरी गरी भागेको दृश्य सिसिटिभी क्यामरामा कैद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्