बाराका स्थानीय तहले यसरी मनाए संविधान दिवस..


eShilalekh

३ आश्विन २०७९, सोमबार ११:५२

सिमराः संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बाराको स्थानीय तहले विभिन्न कार्यक्रम गरी मनाएका छन् । दिवसको अवसर पारेर जिल्लाका स्थानीय तहले कार्यालयमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन, सहिद सम्मान, प्रभातफेरीलगायतका कार्यक्रमको आयोजना गरी मनाएका हुन् ।

कलैया उपमहानगरपालिकाः
दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको कार्यालयले सोमबार राष्ट्रिय झण्डा झण्डोत्तोलन र शहिद सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

तस्विरः साजिर मंसुर

उपमहानगरकापालिकाका नगर प्रमुख विनोद साहले कार्यालय परिसरमा झण्डोत्तोलन गरेका थिए । सोही अवसरमा नगर प्रमुख साह, उपप्रमुख रौशन परविन, प्रमुख प्रशासकीय अधिकृत नाथु साहसहित जनप्रतिनिधिले शहिदको तस्विरमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा उपमहानगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

तस्विरः साजिर मंसुर

जीतपुरसिमरा उपमहानगरपालिकाः

दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले झण्डोत्तोलन गरेको छ ।

उपमहानगरपालिकाको परिसरभित्र नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका हुन् ।

सो अवसरमा उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

निजगढ नगरपालिकाः

निजगढ नगरपालिकाले संविधान दिवसको अवसरमा कार्यलय परिसर सरसफाई र झण्डोत्तोलनको कार्यक्रम गर्दै मनाएको छ । नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले झण्डोत्तोलन गरेका थिए ।

तस्विरः निजगढ नगरपालिकाको कार्यालय

सो अवसरमा उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, प्रशासन प्रमुख रविन घिमिरेलगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

तस्विरः निजगढ नगरपालिकाको कार्यालय

कोल्हबी नगरपालिकाः
संविधान दिवसको अवसरमा कोल्हबी नगरपालिकाले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कार्यालय परिसरबाट निकालिएको प्रभातफेरी बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

तस्विरः धिरेन्द्र पनुहर

कोल्हबीमा निकालिएको प्रभातफेरीमा नगर प्रमुख रामप्रसाद चौधरी, निवर्तमान नगर प्रमुख भरतबहादुर भण्डारी, उपप्रमुख लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहम्मद साविरसहित जनप्रतिनिधि र कर्मचारीको उपस्थिती रहेको थियो ।

पचरौता नगरपालिकाः

पचरौता नगरपालिकाले पनि दिवसको अवसरमा झण्डोत्तोलन गरेको छ । नगरपालिकाले कार्यालय परिसरमा झण्डोत्तोलन गरिएको हो ।

तस्वीर: निखिल पासवान

यसैगरी कार्यालयले साँझ दीप प्रज्वनल गर्ने भएको छ । दिवसको अवसरमा कार्यालय परिसरमा दीप प्रज्वलन गर्न लागेको वडाध्यक्ष लक्ष्मी यादवले जानकारी दिए ।

परवानीपुर गाँउपालिका:

संविधान दिवसको अवसरमा परवानीपुर गाँउपालिकाले पनि विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । गाँउपालिकाले पालिका क्षेत्र भित्रका सांसद, पूर्वमन्त्री, पूर्व गाविस अध्यक्ष, उपाध्यक्ष, पूर्वजनप्रतिनिधिलगायत सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो ।

तस्विरः परवानीपुर गाँउपालिकाको कार्यालय

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मि, उपाध्यक्ष सुगन्धा देवी कनुइन, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलगायतको उपस्थिती रहेको थियो ।

तस्विरः परवानीपुर गाँउपालिकाको कार्यालय

करैयामाई गाँउपालिकाः

दिवसको अवसरमा करैयामाई गाँउपालिकाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । गाँउपालिकाको कार्यालय परिसरमा झण्डोत्तोलन गरिएको हो ।

तस्विरः करैयामाई गाँउपालिकाको कार्यालय

गाँउपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले झण्डोत्तोलन गरेका हुन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोलगायत जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

प्रसौनी गाउँपालिका:

दिवसको अवसरमा प्रसौनी गाउँपालिकाले पनि कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवाल, उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीलगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्