परवानीपुरमा पूर्ण खोप र सरसफाइ सम्बन्धि गोष्ठी सम्पन्न


eShilalekh

११ माघ २०७९, बुधबार २१:४६

सिमरा: परवानीपुर गाँउपालिकामा बुधवार पूर्ण खोप दिगोपना तथा सरसफाइ सम्बन्धि योजना गोष्ठी सम्पन्न भएको छ । परवानीपुर ३ लिपनिमालस्थित भोजभगत माध्यमिक विधालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठीमा १५ महिना मुनिका बालबालिकाले प्राप्त गर्नुपर्ने सबै खोपको सुनिश्चितता गर्ने विषयमा छलफल भएको थियो । पूर्ण खोप नलगाएका बालबालिकामा रोग, अपांगता र मृत्युको सम्भावना हुनसक्ने भन्दै सबैलाई खोपको दायरामा ल्याउने विषयमा गोष्ठीमा योजना बनाइएको थियो ।

स्वास्थ्य कार्यालय बाराको आयोजनामा सम्पन्न गोष्ठीमा परवानीपुर गाँउपालिकाका अध्यक्ष राम क्षत्री पटेल, उपाध्यक्ष सुगन्धी देवी साह, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार राउत, शिक्षा शाखा संयोजक रवीन्द्रकुमार मिश्र, स्वास्थ्य कार्यालय बाराका प्रतिनिधि, गाँउपालिकाका जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्