सिमरामा सेफ गार्डिङ तालिम सम्पन्न


eShilalekh

७ कार्तिक २०७८, आईतवार १०:२८


सिमरा : कुष्ठरोगीहरुको पहिचान, उपचार र पुनस्र्थापनाको क्षेत्रमा काम गर्दै आएको द लेप्रोसी मिसन नेपालले सिमरामा सेफ गार्डिङ तालिम सम्पन्न गरेको छ ।


सामाजीक कार्यकर्ताहरुहरुलाई लक्षित गरी लेप्रोसी मिसन अन्तर्गतको हिल नेपालले सिमरामा तीन दिने तालिम आयोजना गरेको हो ।


युके एडको आर्थिक सहयोगमा कार्तिक ३ गते सुरु भएको तालिममा कुष्ठरोग भएका ब्यक्तीहरुको सामाजकि अवस्था र उनिहरुमाथी हुने विभेद न्युनिकरणका विषयमा छलफल भएको हिल नेपालका बारा, पर्सा र रौतहट जिल्ला संयोजक त्रिलोककुमार मण्डलले जानकारी दिए ।

तालिममा सिमरा क्षेत्रका २५ जना सामाजिक कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्