अनेरास्ववियुको वडा कमिटी गठन


eShilalekh

२९ माघ २०७८, शनिबार १७:५३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को वडा कमिटी गठन भएको छ ।

कतर्वामा शनिवार सम्पन्न भेलाले असित थापामगरको अध्यक्षतामा २६ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा काजल थापा मगर, सचिव प्रमोद दंगाल, सहसचिव सुजित साह, कोषाध्यक्ष सुनिता थापा मगरलगायत रहेका छन् ।

भेलामा अनेरास्ववियु केन्द्रीय सदस्य राजकुमार न्यौपाने, जिल्ला सदस्य ईशोर बस्नेत, डुमरवाना कमिटी अध्यक्ष सिर्जना गिरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवानाको प्रारम्भिक कमिटी सचिव रितिका श्रेष्ठलगायत उपस्थित थिए । कार्यक्रम जिल्ला सदस्य निर्जल घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्