मधेश प्रदेशमा जुड़ शितलको अवसरमा सार्वजनिक विदा

सिमराः मधेस प्रदेश सरकारले जुड़ शितलको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वको अवसरमा वैशाख २ गते सार्वजनिक बिदा दिने जनाएको हो ।
२०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा सम्बन्धि प्रकाशित राजपत्र बमोजिम प्रदेश सरकारले जुड़ शितल पर्वको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मधेश प्रदेशमा प्रत्येक वर्ष धुमधामका साथ जुड शितल मनाइन्छ । यस क्षेत्रमा ठूलाबडा संग जुडाएर आर्शिवाद लिनुका साथै, हिलो खेल्ने परम्परा रहिआएको छ ।
