नेजाको अध्यक्षमा भण्डारीलाई निरन्तरता

अमेरिका: नेपाल-अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुरज भण्डारीले निरन्तरता पाएका छन् । अमेरिकाको लस भेगसमा सम्पन्न संघको नवौं अधिवेशनले भण्डारीको नेतृत्वमा कार्यसमिती चयन गरेको हो ।
संघको उपाध्यक्षमा कल्पना घिमिरे, महासचिवमा इश्वरी न्यौपाने, सचिवमा शंकरबहादुर थापा र कोषाध्यक्षमा झरना अधिकारी चयन भएका छन् । सदस्यमा राजकुमार तामाङ, डा. डोल्मा लामा, यशोदा तिम्सिना, जानु पंगेनी, दीपेन्द्र खड्का र डिल्लीबहादुर राउतलाई चयन गरिएको छ ।
संघको क्षेत्रीय संयोजकको रूपमा सिर्जना काफ्ले (डिसी मेट्रो), शान्तिराज राई (उत्तरपूर्व), दीपक दाहाल (पश्चिम) र ओम आचार्य (मध्य) चयन भएका छन्।
भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिको रुपमा सहभागी भएकी थिइन् ।
अधिवेशनमा नेजाका सदस्य, अमेरिकामा रहेर पत्रकारितामा संलग्न पत्रकारलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।