विकासशील भेट्रान सेमिफाइनलमा प्रवेश

सिमराः विकासशील भेट्रान्स क्लब प्रथम पथलैया भेट्रान्स कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथलैयास्थित श्रीकृष्ण मन्दिर खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा सूर्य निवास भेट्रान्स क्लबलाई टाईब्रेकरमा ३–१ ले पराजित गर्दै विकासशील सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमले गालरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । सेमिफाइनलमा प्रवेश गरेको विकासशीलले अब फाइनल प्रवेशका लागि जीराभवानी भेट्रान क्लब पर्सासंग विहीबार खेल्नेछ ।
यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पथलैया भेट्रान क्लबलाई २–१ ले पराजित गर्दै वीरगन्ज सिटी भेट्रान प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को मुख्य सहयोग र पथलैया भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ ।