रेग्मी बन्धु समाजले गठन गर्यो प्रदेश र जिल्ला कमिटी


eShilalekh

२१ चैत्र २०७८, सोमबार ०१:३४

सिमरा: कौशिक गोत्रिय रेग्मी समाजको मधेश प्रदेश भेला तथा भेटघाट कार्यक्रम सिमरामा सम्पन्न भएको छ । कौशिक गोत्रिय रेग्मी समाज मधेश प्रदेशको आयोजनामा सम्पन्न भेलाले मधेश प्रदेश र बारा जिल्ला कमिटी गठन गरेको छ ।

भेलाले शिव रेग्मीको अध्यक्षतामा मधेश प्रदेश कमिटी गठन गरेको हो । कमिटीको सचिवमा रमेश रेग्मी, कोषाध्यक्षमा बिनिता रेग्मी, सदस्यमा बिनोद रेग्मी, दिपक रेग्मी, रामबाबु रेग्मी, बर्षा रेग्मी रहेका छन ।

यसैगरी भेलाले नवराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ । कमिटीको सचिवमा श्रीराम रेग्मी, कोषाध्यक्षमा सुदिप रेग्मी, सदस्यमा गोविन्द रेग्मी, नारायण रेग्मी, ध्रुव रेग्मी, लक्ष्मण रेग्मी, सन्ध्या रेग्मी चयन भएका छन ।

लोक सेवा आयोगका अध्यक्ष तथा कौशिक गोत्रिय रेग्मी समाजका सल्लाहकार माधव प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समिति चयन गरेको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले देशैभर छरिएर रहेका कौशिक गोत्रिय रेग्मी बन्धुनहरूलाई एकताबद्ध गर्नका लागि रेग्मी समाजको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा रेग्मी समाजका विष्णु प्रसाद रेग्मी, डाक्टर सुदर्शन रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेष्ठ रेग्मी बन्धु फटिकप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण श्रीराम रेग्मीले गरेका थिए भने स्वागत मन्तब्य शिव रेग्मीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्