माओवादी उपाध्यक्ष श्रेष्ठ र एनआरएन टेक्सासबीच अन्तरक्रिया सम्पन्न


रामप्रसाद अधिकारी

२९ असार २०८२, आईतवार ०९:३४

ड्यालस (अमेरिका): पूर्व उपप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अमेरिकाभ्रमणको सन्दर्भमा एनआरएनए टेक्सास च्याप्टरले युलेश अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष दिपेन्द्र गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव निश्चल चापागाईंले सञ्चालनको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा युलेस सिटीका उपमेयर टिका पौडेल, एनआरएनए एनसीसीका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्षहरू भानु खरेल र नेत्र पाण्डे, टेक्सास च्याप्टरका सदस्यहरू सुरेश केसी, राजेश अधिकारी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

पूर्व उपप्रधान, गृह र परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रवासमा रहेका नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता सहज रूपमा प्राप्त हुने वातावरण निर्माणका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा लगानी गर्न चाहने प्रवासी नेपालीहरूलाई अनुकूल वातावरण बनाउनेतर्फ पनि आफ्नो ध्यान केन्द्रित हुने बताए। उनले प्रवासी नेपालीहरूलाई टुटेर होइन, जुटेर अघि बढ्न पनि आग्रह गरे।

श्रेष्ठ अमेरिकाको भ्रमणमा रहेका बेला विभिन्न प्रवासी नेपाली समुदायसँगको संवाद र अन्तरक्र्रिया जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्