एनआरएनए अमेरीका टेक्सास च्याप्टरको उपाध्यक्षमा सिमराका अधिकारी चयन


eShilalekh

९ श्रावण २०८२, शुक्रबार ०९:५६

टेक्सास: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको टेक्सास च्याप्टरको उपाध्यक्षमा रामप्रसाद अधिकारी चयन भएका छन् । नेतृत्व चयनका लागि भएको मनोनयन प्रक्रिया अन्तर्गत अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका २ घर भएका अधिकारी ६ वर्ष अघि अमेरिका गएका थिए । इशिलालेख डटकमका प्रतिनिधिसमेत रहेका उनी विभिन्न संघसंस्थामार्फत सामाजिक सेवामा सक्रिय छन् ।

अधिकारीसंगै अध्यक्षबाहेक च्याप्टरको अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा गौरी बुर्लाकोटी, सचिवमा रोचक गौतम, कोषाध्यक्षमा राहुल झा, महिला संयोजकमा इन्दु लामा, युवा संयोजकमा लक्ष्मण थापा, बोर्ड अफ डाइरेक्टरमा महेन्द्र पुन निर्विरोध चयन भएका हुन् ।

अध्यक्षका लागि भने निलेश श्रेष्ठ, गोबिन्द गौतम र इश्वर ढकालबीच निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्