टेक्सासमा सांसद ज्ञानेन्द्र शाहीसंग अन्तरक्रिया कार्यक्रम हुने


रामप्रसाद अधिकारी

२० श्रावण २०८२, मंगलवार १३:१७

एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा साउन २५ गते आइतबार कार्यक्रम तय

टेक्सास (अमेरिका): अमेरिकाको टेक्सासस्थित भेटघाट रेष्टुरेन्टमा आगामी अगस्ट १० तारिख आइतबार प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कार्यक्रम दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुने जानकारी एनआरएनए टेक्सास च्याप्टरका अध्यक्ष निलेश श्रेष्ठले दिएका छन्।

एनआरएनए टेक्सास च्याप्टरको आयोजनामा र पानस अमेरिकाको सहकार्यमा हुने कार्यक्रममा टेक्सासमा बसोबास गर्ने नेपालीहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। ‘नेपालबाट अमेरिका आउनुभएका सांसदहरू नेपालको प्रतिनिधित्व गर्दै आउनुहुन्छ, त्यसैले प्रवासमा रहेका नेपालीले आफ्नो अभिव्यक्ति राख्न, जिज्ञासा सोध्न र नेपालको विकासप्रति चासो जनाउन यो सुनौलो अवसर हो’ अध्यक्ष श्रेष्ठले भने ।

कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैलाई उपस्थित भइ सहयोग गर्न अपिल गरेको छ । सांसद शाहीसँगको यो अन्तरक्रिया कार्यक्रम प्रवासी नेपाली र मातृभूमिका प्रतिनिधिहरूबीच संवाद र सहकार्यको महत्वपूर्ण कडी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्