रौतहटमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु, चार जनाको सकुशल उद्धार

रौतहटः रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राजदेवी नगरपालिका ८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेकी छन् ।
सात जनाको समूह घाँस लिन गौरतर्फ जाँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए। डुबेका सात जनामध्ये चार जनाको स्थानीयले सकुशल उद्धार गरेका थिए भने तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो । शवहरूलाई हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।