एनएसटी निर्वाचनः भण्डारी र भुषाल प्यानलबीच प्रतिस्पर्धा


रामप्रसाद अधिकारी

१५ मंसिर २०८२, सोमबार १२:३०

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सास (एनएसटी) को नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनले नेपाली समुदायमा उत्साह र चासो बढाएको छ। ६ हजार दुई सय सदस्य आवद्ध समाजको नयाँ नेतृत्व चयनका लागि डिसेम्बर १३ मा निर्वाचन हुँदैछ ।

दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । यस पटक अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र महासचिव विजय भुषाल प्रतिस्पर्धामा छन्। दुबैले चुनावी प्रचारलाई तिव्र पारेका छन् ।

उपाध्यक्ष बलराम पौडेल र प्रवक्ता किरण पौड्यालले चुनाव नलड्ने घोषणा गरेपछि वरिष्ठ उपाध्यक्ष र महासचिव अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका हुन् । उपाध्यक्ष पौडेल र प्रवक्ता पौड्यालले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर संस्थामा सहज वातावरण निर्माण गर्ने उद्देश्यले चुनावी दौडबाट अलग भएको बताएका छन्।

एनएसटीको निर्वाचनमा १६ पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन्। दुबै प्यानलले प्रचारलाई तीव्र बनाएका छन्।

जनक भण्डारी प्यानलका पदाधिकारी उम्मेदवारहरू

वरिष्ठ उपाध्यक्ष : डा.चण्डी भण्डारी

महासचिवः रामकृष्ण यादव

उपाध्यक्ष : गुञ्जन भण्डारी

महिला उपाध्यक्ष : राधिका खराल

सचिव : सुशील बर्तौला

कोषाध्यक्षः भोला मैनाली

विजय भुषाल प्यानलका पदाधिकारी उम्मेदवारहरू

वरिष्ठ उपाध्यक्ष : जीवलाल भुसाल

उपाध्यक्ष : दिलीप राई

महिला उपाध्यक्ष : शान्ता गिरी

महासचिव : प्रविस श्रेष्ठ

सचिव : नारायण केसी

कोषाध्यक्षः प्रेम थापा

दुवै प्यानलले आफूहरूले संस्थालाई थप सुदृढ, पारदर्शी र सदस्यमुखी बनाउन योगदान पुर्‍याउने दाबी गर्दै व्यापक रूपमा मतदाता भेटघाट र संवादका कार्यक्रम चलाइरहेका छन् । आगामी दुई वर्षका लागि एनएसटीको नेतृत्व कसले सम्हाल्ने भन्ने उत्सुकता समुदायभित्र झन् बढ्दो छ। टेक्सासभरिका नेपालीहरूले विशेष चासोका साथ हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्