फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी रास्वपामा प्रवेश


eShilalekh

२९ मंसिर २०८२, सोमबार २३:५३

सिमरा: बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा अन्सारी पार्टीमा प्रवेश गरेका हुन्।

उनलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरेका थिए । अन्सारी २०७९ सालको स्थानीय तह निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीबाट फेटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

त्यसअघि उनी नेपाली कांग्रेसमा आबद्ध थिए। २०७९ को निर्वाचनमा कांग्रेसले गाउँपालिका अध्यक्षको टिकट दिए पनि वडाध्यक्षमा आफूले चाहेका उम्मेदवारलाई टिकट नदिएपछि उनले कांग्रेस परित्याग गरेका थिए। त्यसपछि विवेकशील साझा पार्टीबाट चुनाव लडी अध्यक्षमा निर्वाचित भएका थिए।

रास्वपामा प्रवेशपछि अन्सारीले स्थानीय तहमा सुशासन, पारदर्शिता र विकासका मुद्दालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्