मधेश प्रदेशमा पुस ६ गते सभामुख चयनका लागि निर्वाचन हुने


eShilalekh

२ पुष २०८२, बुधबार १६:११

सिमराः मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ।

बुधवार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको प्रक्रिया अघि बढाइएको जानकारी गराएकी हुन्।

प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखको निर्वाचन हुने व्यवस्था छ। सोहीअनुसार प्रदेश सभाकी उपसभामुख ईशरले प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालालाई पुस ५ गते सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिएकी छन्।

यसअघि पदअनुकूलको आचरण नगरेको आरोप लगाउँदै सातदलीय गठबन्धनले तत्कालीन सभामुख रामचन्द्र मण्डललाई गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्