सिमरामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु


eShilalekh

५ पुष २०८२, शनिबार २१:३८

सिमरा: बाराको सिमरामा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

पथलैया-वीरगन्ज सडकखण्ड अन्तर्गत सिमराको सूर्य नेपाल अगाडी बीआर २२० बीएन २९७५ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक भारत मोतिहारी जिल्ला रक्सौल सौलिहार चोक बस्ने २५ वर्षीय गोल्डी सर्राफको मृत्युु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सर्राफको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका २५ वर्षीय मन्तोस गिरी घाइते भएका छन् ।

पथलैयाबाट जीतपुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्