चिसो बढेपछि जीतपुरसिमरा भित्रका विद्यालयमा दिईयो बिदा

सिमराः अत्यधिक चिसो बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबारदेखि लागू हुने गरी विद्यालयमा तीन दिन बिदा दिएको छ । उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै नगरभित्रका सबै विद्यालयमा बिदा दिएको हो ।
मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने हुँदा बिदा दिइएको सूचनामा उल्लेख छ । उपमहानगरपालिकाका अनुसार विद्यालयहरु मंसिर १३ गते आइतबारदेखि खुल्नेछन् ।






