प्रधानमन्त्री कप क्रिकेट: मधेसविरुद्ध कर्णालीले ब्याटिङ गर्दै


eShilalekh

१६ चैत्र २०८२, सोमबार ०९:४०

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले मधेस प्रदेशविरुद्ध ब्याटिङ सुरु गरेको छ। जनकपुरस्थित रामजानकी मैदानमा टस जितेर कर्णालीले ब्याटिङ रोजेको हो ।

कर्णालीले सात ओभरमा दुई विकेट गुमाएर ३३ रन जोडेको छ । कर्णालीका ओपनर सुनिल धमला एक र अरविन्द घर्ती शून्य रनमा आउट भएका छन् । मधेसलाई दुबै सफलता बलर विशाल पटेलले दिलाएका हुन् । 

जारी प्रतियोगितामा मधेस प्रदेश अपराजित रहेको छ । अंकतालिकाको शीर्ष ३ मा रहेको मधेसले तीन खेलमा दुई जित हात पारेको छ भने एक खेल नतिजाविहिन भएपछी अंक बाँडेको थियो ।

प्रतियोगिता अन्तर्गतको पहिलो खेल वर्षाका कारण रोकिएपछि कोशीसंग अंक बाँडेको मधेसले दोस्रो खेलमा सुदूरपश्चिममाथि पाँच विकेट र तेस्रो खेलमा लुम्बिनीलाई २५ रनले पराजित गरेको थियो ।

यता तालिकाको छैठौं स्थानमा रहेको कर्णालीको भने तीन अंक छ। कर्णालीले हालसम्म खेलेका तीन खेलमा एक  जीत र एक हारको सामना गरेको छ भने एक खेलमा अंक बाँडेको थियो ।

वर्षाका कारण पहिलो खेलमा लुम्बिनीसंग अंक बाँडेको कर्णालीले दोस्रो खेलमा सुदूरपश्चिमसंग चार विकेटको पराजय बेहोरेको थियो । यसैगरी तेस्रो खेलमा कर्णालीले कोशीलाई १६ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्