जीतपुरसिमराको मतगणना सुरु गर्ने सर्वदलीय निर्णय, वडा नं. २४ बाट सुरु हुने


eShilalekh

३१ बैशाख २०७९, शनिबार ०२:३३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना सुरु हुने भएको छ । करिब चार घण्टा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार उपमहानगरपालिकाको वडा नं. २४ बाट मतगणना सुरु हुने भएको छ । सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार वडा नं. २४ को मतपेटीका खोलेर मतगणना सुरु गर्ने र अन्य वडाको शनिवार बिहान सुरु गरिने जानकारी दिए ।
खड्काका अनुसार शनिवार एकै पटक पाँच वटा वडाको मतगणना हुनेछ । सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सुरक्षा अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्