जीतपुरसिमराको मतगणना सुरु, वडा नं. २४ को मतपेटीका खोलियो


eShilalekh

३१ बैशाख २०७९, शनिबार ०३:३३

सिमराः स्थानीय तह निर्वाचन अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । चार घण्टा लामो सर्वदलीय बैठकको निर्णपछि विहान ३ बजे मतगणना सुरु भएको हो ।

तारजाली र कडा सुरक्षा घेरा भित्र उपमहानगरपालिकाको वडा नं. २४ बाट मतगणना सुरु गरिएको छ । कुल दुई हजार तीन सय ४८ मतदाता रहेको वडा नं. २४ मा एक हजार आठ सय १६ मत खसेको थियो ।

निर्वाचनय सहायक अधिकृत बालाराम खड्काले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हरपुर केन्द्रको मतगणना सुरु गरिएको जानकारी दिए ।

७० हजार ६४ मतदाता रहेको उपमहानगरपालिकाको २४ वटै वडामा ५२ हजार नौ सय ५८ मत खसेको थियो ।

वडा नं. २४ मा एमालेबाट सेराजुल अंसारी, नेपाली कांग्रेसबाट सुलतान अंसारी र लोकतान्त्रिक समाजवादी पार्टीबाट कलामुद्धिन मिया अंसारी वडाध्यक्षका उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्