जीतपुरबाट खैरो हेरोइन र गाँजासहित दुई जना पक्राउ


eShilalekh

६ श्रावण २०८३, बुधबार १४:५३

सिमराः बारा प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत मंगलबार खैरो हेरोइन र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय विदेशी ठाकुर र ३७ वर्षीय दिवेन्द्र बैठा रहेका छन्।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पहाडी टोलमा शंकास्पद रूपमा हिँडिरहेका ठाकुरलाई रोकेर खानतलासी गर्दा उनीबाट उक्त लागूऔषध फेला परेको हो।

यसैगरी अर्का अभियुक्त बैठालाई २ किलो ७५४ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा मुद्दा प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको छ।

बरामद लागूऔषधको स्रोत र यस घटनामा अन्य व्यक्तिहरूको संलग्नताबारे समेत खोजी तथा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्