थारु पत्रकार संघ बाराको अध्यक्षमा अनिल प्रित चौधरी चयन

सिमरा: थारु पत्रकार संघ बारा शाखाले सर्वसम्मत रूपमा अनिल प्रित चौधरीको अध्यक्षतामा सात सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । कोल्हवी नगरपालिका-१ स्थित थारु सेवा सदनको सभाहलमा आयोजित विशेष भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र चौधरी, सचिवमा बुधन चौधरी, सहसचिवमा बिनिता चौधरी र कोषाध्यक्षमा इन्दिरा चौधरी चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा राकेश चौधरी र कृतिका चौधरीलाई चयन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आगामी साउन १६ गते शनिबार आयोजना गरिने भएको छ ।







