जीतपुरमा कार अनियन्त्रित भई पसलभित्र छिर्दा दुई पसलमा क्षति

सिमराः बाराको जीतपुर बजारमा तीव्र गतिमा आएको एउटा कार अनियन्त्रित भई पसलभित्र छिर्दा दुईवटा पसलमा ठूलो क्षति पुगेको छ।
जीतपुर बजारको टेढा रोडबाट वीरगञ्ज–पथलैया राजमार्गतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३१ च ३८८० नम्बरको कार अनियन्त्रित भई सडक किनारको पसलमा ठोक्किएको हो।
इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार दुर्घटनाबाट स्थानीय ‘रोहित एन्ड प्रियंका किराना पसल’ र ‘प्रभात ज्वेलर्स’मा क्षति पुगेको छ।
घटनालगत्तै प्रहरीले दुर्घटना गराउने कार र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ।







