जीतपुरसिमरा ११ मा माओवादी केन्द्रका साहको प्यानल विजयी


eShilalekh

४ जेष्ठ २०७९, बुधबार १६:०३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विन्दालाल साह निर्वाचित भएका छन् । प्यानलसहित जित हात पार्ने क्रममा साहले एक हजार ८२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार विनोद प्रसाद यादवले ६ सय १२ मत प्राप्त गरे । साह चार सय ७० मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

उक्त वडामा नेकपा माओवादी केन्द्रको महिला सदस्य पदका उम्मेदवार विद्या कुमारी चौधरी, दलित महिला सदस्य चिन्ता देवी, सदस्य उम्मेदवार सुरेश प्रसाद यादव सदस्यमा निर्वाचित भएका छन् । .

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः ७७२
उपप्रमुखः ६३७
वडाध्यक्षः ६१२
महिला सदस्यः ६०९
दलित महिला सदस्यः ५९७
खुल्ला सदस्यः ६०१
खुल्ला सदस्यः ६०२

गठबन्धन
प्रमुख (माओवादी): ८२३
उपप्रमुख (कांग्रेस): ३३३

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः १०८२
महिला सदस्यः ९९९
दलित महिला सदस्यः ९५५
खुल्ला सदस्यः ८६०
खुल्ला सदस्यः ८१८

नेपाली कांग्रेस
वडाध्यक्षः १२६
महिला सदस्यः १२६
दलित महिला सदस्यः १४८
खुल्ला सदस्यः १५५
खुल्ला सदस्यः १६९

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः १३०
उपप्रमुखः ५१
वडाध्यक्षः १
महिला सदस्यः ३
दलित महिला सदस्यः ३
खुल्ला सदस्यः २
खुल्ला सदस्यः ४

प्रतिक्रिया दिनुहोस्