वीरगञ्जमा सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा दुई जना पक्राउ

वीरगञ्जः पर्सा प्रहरीले सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका १० देवापुर टेंटाका २० वर्षीय अर्जुन यादव र ओमप्रकाश यादव रहेका छन् ।
गत भदौ १४ गते घरमा कोही नभएको मौका छोपी कोठाको ताला फोडेर कोल्हबी नगरपालिका १० घर भई हाल वीरगञ्ज महानगरपालिका १५ मा डेरा लिई बस्दै आएकी आरतीकुमारी चौधरीको कोठाबाट गरगहना चोरी भएको थियो ।
पीडित चौधरी बस्दै आएको घर नजिकै डेरा गरी बस्दै आएका ती दुई युवक घटनामा संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।







