वीरगञ्जमा अचेत भेटिएका गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन


eShilalekh

१८ भाद्र २०८३, बिहीबार १३:०५

वीरगञ्जः गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन भएको छ ।

तनहुँको भानु नगरपालिका १ भन्सारपुलका ५५ वर्षीय उपाध्याय मंगलबार पर्साको वीरगञ्ज महानगरपालिका ४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा अचेत अवस्थामा भेटिएका थिए ।

स्थानीयले अचेत देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले उहाँलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पुर्‍याएको थियो ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले उपाध्यायको निधन भइसकेको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्