बिश्रामपुरका प्रहरी नायब निरीक्षक साह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

सिमराः जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी बिश्रामपुर प्रहरी चौकीमा कार्यरत नायव निरीक्षक मनोज साह सोनारलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०८३ बमोजिम सोनारलाई उत्कृष्ट प्रहरी घोषित गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदानगरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराको आर्थिक प्रशासन शाखा दरबन्दी भई हाल प्रहरी चौकी बिश्रामपुर मुसहर्वामा कार्यरत प्रहरी नायव निरीक्षक सोनारले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरेकोमा उक्त सम्मान प्रदान गरिएको बताईएको छ ।







