रसुवा बाढीः कान्तिपुर भेटद्वारा २७ लाख ७७ हजारभन्दा बढी सहयोग

सिमरा: रसुवा बाढी प्रभावितको उद्धार, राहत र पुर्नस्थापनाका लागि कान्तिपुर भेट डिष्ट्रिव्युटर प्रालिले २७ लाख ७७ हजार सात सय ७७ रुपैयाँ सहयोग गरेको छ। भेटेरिनरी क्षेत्रमा सक्रिय रहँदै आएको कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।
कम्पनीले रसुवा बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष सुना सुवेदीका अनुसार प्राकृतिक विपद्को कठिन समयमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
बाढीको विपत्ति सुरु भएदेखिनै कम्पनीले राहत कार्यमा सक्रियता देखाउँदै आएको छ। कान्तिपुर भेटले नेपाल भेटेरिनरी एसोसिएसनलगायतका निकायहरूमार्फत बाढी प्रभावित क्षेत्रमा लाखौं रुपैयाँ बराबरका भेटेरिनरी औषधिहरू यसअघिनै निःशुल्क उपलब्ध गराइसकेको छ।
कम्पनीले आगामी दिनहरूमा पनि विपद्बाट प्रभावित नागरिक तथा पशुपन्छीको राहत, उद्धार र पुनर्स्थापनाका लागि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।







