भायानेटको उच्च गतिको इन्टरनेटको साथमा पब्जी मोबाइल ग्लोबल ओपन सम्पन्न

सिमराः त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसियन च्याम्पियनसिपको उपाधि पाकिस्तानको फोरटी वालेले जितेको छ । इस्पोर्ट्स संघ नेपाल (इशान) र पब्जी मोबाइलको संयुक्त आयोजना तथा भायानेट कम्युनिकेसन्सको मुख्य इन्टरनेट साझेदारीमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो ।
प्रतियोगिताभर विना कुनै प्राविधिक बाधा, तीव्र गति र न्यूनतम ‘पिङ’ सहितको भरपर्दो नेटवर्क सेवा प्रदान गर्दै भायानेट कम्युनिकेसन्सले इस्पोर्ट्स जस्तो संवेदनशील र उच्च गतिको इन्टरनेट चाहिने प्रतियोगितालाई उत्कृष्ट वातावरण प्रदान गर्यो । भायानेटको बलियो र उच्च गतिको इन्टरनेटको साथमा खेलाडीहरूले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका थिए ।

पहिलो दिनदेखि नै आफ्नो वर्चस्व कायम राखेको विजेता टोली फोरटी वालेले कुल ३ चिकेन डिनरसहित २०९ अंक जोड्दै उपाधि हात पार्न सफल भयो । जितसँगै फोरटी वालेले ९ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।
तेस्रो दिनसम्म पाचौं स्थानमा रहेको टीटुकेले अन्तिम दिन २ चिकेन डिनरसहित १८८ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो। टीटुकेले ५ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ।
त्यस्तै अर्को नेपाली टोली होरा इस्पोर्ट्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ चिकेन डिनरसहित १७५ अंक जोडेर तेस्रो स्थान हासिल गर्यो । होरा इस्पोर्ट्सले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गरेको छ । यस प्रतियोगिताका शीर्ष तीनै टोलीले अब पब्जी मोबाइल ग्लोबल ओपन सिजन-२ को मुख्य प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् ।
नेपाल पाकिस्तान र बंगलादेशका गरी दक्षिण एसियाका उत्कृष्ट १६ टोलीहरू (नेपालबाट ४, पाकिस्तानबाट ८ र बंगलादेशबाट ४) बीच भएको यो कडा प्रतिस्पर्धामा डिजिटल पूर्वाधार र निर्बाध इन्टरनेट कनेक्सनको व्यवस्थापन गरेर भायानेट कम्युनिकेसन्सले नेपालमा इस्पोर्ट्सको विकास र प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता पुनः साबित गरेको छ ।







