कलैया उपमहानगरमा निर्वाचित जनप्रतिनिधिले लिए सपथ


eShilalekh

८ जेष्ठ २०७९, आईतवार २१:२६

सिमराः कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आईतवार सपथ लिएका छन् । उपमहानगरका नगर प्रमुख विनोद साहले उपप्रमुखसहित अन्य जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतसंग सपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई सपथ गराएका थिए । सपथ ग्रहण गराएसंगै नगर प्रमुख साहले पदभार ग्रहण गरेका छन्

पदभार ग्रहण गर्दै नगर प्रमुख साहले कलैया उपमहानगरपालिकाको शैक्षिक स्तरोन्तरीका लागि काम गर्ने निर्णय गर्दै अनिवार्यरुपमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने गरी तयारी थाल्ने बताए ।

उपमहानगरको सपथ ग्रहण कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, अच्युत मैनाली, एमाले केन्द्रीय सदस्य महमद समिर, प्रदेश सभा सदस्य पारसप्रसाद साह, जिल्ला समन्वय समिति सभापति नवलकिशोर सिंह, एमाले प्रदेश उपसचिव आरती भण्डारीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्