आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


eShilalekh

७ आश्विन २०८३, बुधबार ११:१२

सिमराः नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले महँगो भएको हो ।

यससँगै आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँ पुगेको छ । मंगलबार तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार आठ सय १५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार सात सय ७५ रुपैयाँमा बिक्री भएको थियो ।

पछिल्लो केही दिनयता नेपाली बजारमा सुन र चाँदीको भाउमा हल्का उतारचढाव मात्र देखिँदै आएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार एक सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार चार सय ४७ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्