सिरहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ


eShilalekh

२२ आश्विन २०८३, बिहीबार १२:२३

सिरहा: सिरहाको गोलबजार नगरपालिका-२ गुरुधाम चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्।

बिहिवार बिहान करिब ६:०० बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प १६३६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल लाइफ लङ्ग अस्पताल पुर्‍याई सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो। तर उपचारका क्रममा सुनसरीको हरिनगरास्थित सरकारी अस्पतालमा ईसीजी तथा जाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान, सिरहातर्फ ल्याउने कार्य भइरहेको छ। प्रहरीले घटनामा संलग्न मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्