बारामा अवैध लत्ताकपडा तथा मोटरसाइकलसहित एक जना पक्राउ

सिमराः सशस्त्र प्रहरीले बारामा ठूलो परिमाणको अवैध लत्ताकपडा तथा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पिपरपाती र बि.ओ.पि. बेनौलीबाट खटिएको संयुक्त गस्ती टोलीले बाराको सुवर्ण गाउँपालिका–३, पचगछियास्थित सीमा क्षेत्रबाट उक्त सामान बरामद गरेको हो ।
भारतबाट चोरी पैठारी गरी भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अन्दाजी रु. ११,४६,०००।– (एघार लाख छयालीस हजार) बराबरको लत्ताकपडा, तीन थान मोटरसाइकलसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद गरिएका सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।







