सामाजिक सञ्जाल दुरुपयोग गरी हिंसा फैलाएको आरोपमा धनुषाबाट एक जना पक्राउ


eShilalekh

२८ आश्विन २०८३, बुधबार १४:४०

जनकपुरः टिकटकलगायत सामाजिक सञ्जालको दुरुपयोग गरी भिडियोहरू पोस्ट गरेको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला, लक्ष्मीनिया गाउँपालिका १ का २० वर्षीय ‘क्रिमिनल’ भनिने राजु यादव रहेका छन् ।

यादवले सामाजिक सञ्जाल टिकटकमा समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने तथा धम्कीपूर्ण भिडियोहरू अपलोड गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा हिंसा फैलाउने, व्यक्ति, समुदाय तथा सङ्गठनको प्रतिष्ठामा आँच पुर्याउने र आपत्तिजनक सामग्री पोस्ट गर्ने अन्य चार जनामाथि पनि प्रहरीले अनुसन्धान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्