वीरगन्जबाट १३ लाख ४५ हजार बराबरको अवैध औषधी बरामद


eShilalekh

२८ आश्विन २०८३, बुधबार १४:१०

वीरगन्जः सशस्त्र प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–२५ खल्वास्थित सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेको अवैध औषधी बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. ड्राइपोर्ट पर्साबाट खटिएको गाडी मोबाइल टोलीले सूचनाको आधारमा बुधबार अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका विभिन्न प्रकारका औषधीहरू नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका औषधीहरूको अनुमानित बजार मूल्य रु. १३,४५,५००।– (तेह्र लाख पैंतालिस हजार पाँच सय) बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद औषधीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्