लायन्स क्लबद्धारा अमलेखगञ्जस्थित आधारभूत विद्यालयलाई खाद्यान्न हस्तान्तरण


eShilalekh

२४ पुष २०८०, मंगलवार २०:०६

सिमराः लायन्स इन्टरनेशनलले जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित अहिंसावादी साङ्गे छ्योइलिङ आधारभूत बौद्ध विद्यालयलाई मंगलबार खाद्यान्न हस्तान्तरण गरेको छ ।

लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्मदिनको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत वीरगन्जको लायन्स क्लब अफ ग्रेट पिपुल र लायन्स क्लब अफ वीरगन्ज मिलेनियम एमजेएफले करिब ५० हजार मूल्य बराबरको खाद्यान्न हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एस का गभर्नर डिएन अग्रवालसहित लायन्स क्लब ग्रेट पिपुलका अध्यक्ष उत्तमजी राकेचा, लायन्स क्लब मिलेनियमका अध्यक्ष जसपाल तिब्रेवाललगायतले चामल, दाल, पिठो, तेल, हर्लिक्स, प्रेसर कुकर, पाउरोटी, भुजिया, थाललगायतका खाद्यान्न तथा भाडा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

खाद्यान्न हस्तानन्तरण गर्दै गभर्नर अग्रवालले लायन्स क्लबको एउटै उदेश्य सामाजिक कार्य मात्रै रहेको बताए । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने नारालाई सार्थकता दिन लायन्सका सदस्यहरु सक्रियताका साथ सामाजिक कार्यमा सक्रिय रहेको अग्रवालले बताए ।

कार्यक्रममा जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै लायन्स क्लबले खाद्यान्न हस्तान्तरण गरेकोमा खुशी व्यक्त गरे । लायन्स क्लब अमलेखगंजका प्रथम उपाध्यक्ष समेत रहेका श्रेष्ठले दाताहरुको सहयोगबाट संचालित विद्यालयको पूर्वाधार स्तरोन्नतिका लागि वडास्तरबाट समेत काम भईरहेको बताए ।

कार्यक्रममा डिष्ट्रिक्ट कोषाध्यक्ष रामबिहारी पाण्डे, लायन्स क्लब मिलेनियमका अध्यक्ष तिब्रेवाल, विद्यालयकी आनी याङ्चेन डोल्मा, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष फुलमाया तामाङलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रथम महिला सुनिता अग्रवाल, रिजनल चेयरपर्सन चुडामणी खरेल (कपिल), डिष्ट्रिक्ट प्रोग्राम मेम्बर दिवाकर भण्डारी, लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष एवम् अनमोल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विनय साह, लायन सुनिल केडिया, भिखम चन्द अग्रवाल, रोशन गुप्ता, विद्या अग्रवाल, तारा रकेचा, सविता चाचान, श्रीराम गिरी, विनोद खण्डेवाल, मनवेन्द्रप्रसाद चित्रकार, विद्यालयकी प्रध्यानाध्यापक मिना लामालगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ अमलेखगंजले संयोजन गरेको कार्यक्रमको सहजीकरण सचिव नरेश मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्