जीतपुरसिमराको मोबाईल पसल प्रत्येक महिनाको १ गते बन्द हुने


eShilalekh

३१ जेष्ठ २०७९, मंगलवार ०८:५६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका मोबाईल पसल प्रत्येक महिनाको १ गते बन्द रहने भएको छ ।

बारा मोबाईल संघको बैठकले उपमहानगरपालिका भित्र मोबाईल विक्री र मर्मतसम्बन्धी कारोवार गर्ने सम्पूर्ण पसल महिनामा एक दिन बन्द गर्ने निर्णय गरेको हो । हालै गठन भएको संघको पहिलो बैठकले उक्त निर्णय गरेको सचिव कृष्ण जयसवालले जानकारी दिए ।

लामो समयदेखी मोबाईल विक्री तथा मर्मत सम्बन्धी कारोवार गर्दै आएका व्यवसायीहरुको केही दिन अघि बसेको भेलाले बारा मोबाईल व्यवसायी संघ गठन गरेका थियो ।

सिमरास्थित सुरक्षा मोबाईलका संचालक मोहन कार्कीको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा जीतपुरस्थित एसके मोबाईल हबका संचालक राजेश गुप्ता उपाध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्