पथलैया यु२० फूटवलः दिब्यज्योती र हिमाल क्लब निजगढ भिड्दै


eShilalekh

४ भाद्र २०७९, शनिबार १६:१६

पथलैयाः प्रथम पथलैया नकआउट फूटवल प्रतियोगिताको उपाधीका लागि शनिवार सहआयोजक दिब्यज्योती क्लब र न्यु हिमाल क्लब निजगढबीच प्रतिस्पर्धा हुदैछ ।

दुई टिमबीचको उपाधी भिडन्त पथलैयास्थित खेल मैदानमा साझ ५ बजे सुरु हुनेछ । निजगढको न्यु जनजागृति क्लबलाई सेमिफाईनलमा पराजित गर्दै दिब्यज्योतीले फाईलन यात्रा तय गरेको थियो भने हिमाल क्लबले न्यु योङ स्टार क्लब महेन्द्रनगरलाई पराजित गरेको थियो ।

युवा जागरण क्लबले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार नगर प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्