वातावरणमैत्री झोला अभियानमा उपमहानगर


eShilalekh

२५ असार २०७८, शुक्रबार ०९:४२

सिमरा: प्लास्टिकका झोला विस्थापित गर्ने अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाले कपडाको झोला प्रवद्र्धन कार्यक्रम अघि सारेको छ ।
प्लास्टिकका झोला वातावरणमैत्री नरहेको र यसबाट बेफाईदा बढी हुने भएकाले कपडाको झोला प्रयोगमा ल्याउन उपमहानगरले अभियान सुरु गरेको हो ।
उपमहानगरले पहिलो चरण अन्तर्गत विभिन्न पॉच वटा वडामा कपडाको झोला प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिसकेको छ । वडास्तरबाट अभियान सुरु गर्दा प्रभावकारी हुने देखिएकाले उपमहानगरले पहिलो चरणमा पाच वटा वडाका स्थानियबीच झोला प्रवद्र्धन कार्यक्रम विषयक अन्तक्र्रिया गरेको हो ।
उक्त कार्यक्रममा कपडाको झोला प्रयोगको फाईदा र प्लास्टिकजन्य झोलाबाट वातावरणमा पर्ने असरका विषयमा जानकारी गराइएको थियो । उपमहानगरपालिकाको वातावरण शाखाकी ईन्जिनियर पुष्पा सिंहले एकैपटक सबै वडामा कार्यक्रम सम्भव नभएकाले केही वडाबाट यो अभियानलाई अघि बढाएको बताईन् ।
कार्यक्रम गरिएका वडामा कपडाको झोला प्रयोग गर्न स्थानिय ईच्छुक देखिएको भन्दै सिंहले यो अभियानलाई अझै प्रभावकारीरुपमा अघि बढाउन सकिने बताईन् ।
Ôप्रयोग गर्ने विषयमा वडाबासी सकारात्मक देखिनुभयो । तर झोलाको उपलब्धताको विषयमा वडाबासी जिज्ञासु रहेको पाएÕ सिंहले भनिन् Ôकहॉ, कसरी पाउन सकिन्छ भन्ने प्रश्न धेरै आए । त्यसको ब्यवस्थापनको विषयमा पनि हामी योजना बनाउछौ ।Õ
एक पटक किनेको कपडाको झोला धेरै पटक प्रयोग गर्न सकिने भएकाले खर्चिलो समेत नरहेको सिंहको भनाई छ । नगरबासी आफैले यो अभियानलाई आफ्नो नगर र वातावरणको भन्ने सोचेर अघि बढे प्लास्टिकका झोला प्रयोग न्युनिकरण हुदै जाने सिंहले बताईन् ।
उनले कपडाको झोला प्रयोगमा आएपछि स्थानिय स्तरमा धेरै जना स्वरोजगार समेत हुनसक्ने बताईन् । झोला बनाउनका लागि वडामा सिपमुलक कार्यक्रम ल्याउन सकिने र त्यही सिपबाट झोला उत्पादन गरी आत्मनिर्भर बन्न सकिने सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्