बाराका तेक्वान्दो खेलाडी प्रदेशका लागि छनौट


eShilalekh

२२ भाद्र २०७९, बुधबार २३:०४

सिमराः नवौं राष्ट्रिय खेलकुदका लागि नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाराले जिल्ला स्तरिय छनौट सम्पन्न गरेको छ । मधेस प्रदेश स्तरिय छनौटमा सहभागी गराउन जिल्लाबाट खेलाडी छनौट गरिएको हो ।

निजगढमा सम्पन्न छनौट खेलबाट पुरुषतर्फ आठ र महिलातर्फ आठ खेलाडी छनौट भएका छन् । छनौट हुनेमा दिनेश तामा», श्यामबहादुर अधिकारी, बिटुकुमार शाह, दिनेशकुमार मण्डल, अर्जुन साह, निशान कलवार, पवनकुमार श्रेष्ठ, अमितकुमार साह रहेका छन् ।

यसैगरी महिलातर्फ सम्झना पाख्रीन, मनिषा वाईवा, सानु लामा, याेङजा लामा योञ्जन, प्रतिमा अधिकारी, अनिशा कार्की, लिला श्रेष्ठ र पार्वती बस्नेत । छनौट प्रतियोगिताबाट पुम्सेतर्फ पुरुषमा बर्षात मोक्तान, जेम्स बिक र महिलामा एलिशा अर्जेल छानिएका छन् ।

जिल्लाबाट छनौट भएका खेलाडीले भदौ २७ देखी ३० गतेसम्म बर्दिबासमा हुने प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रदेशबाट छानिएका खेलाडीले असोज २८ गतेदेखी कार्तिक ३० गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलमा सहभागिता जनाउन सक्नेछन् ।

प्रदेश स्तरिय छनौटबाट विभिन्न २२ तौल समूहमा खेलाडी छनौट हुने तेक्वान्दो संघका प्रदेश महासचिव राजकुमार लामाले जानकारी दिए । निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको प्रमुख आतिथ्यतामा छनौट खेल सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्