दुधौरा किनारमा वृक्षरोपण


eShilalekh

२६ असार २०७८, शनिबार १४:४५

सिमरा : डुमरवाना–सिमरा जोड्ने दुधौरा पुलको खाला किनारमा वृक्षरोपण गरिएको छ । स्थानिय युवाहरुको समुहले दुधौरा पुलको दॉयाबॉया किनार क्षेत्रमा वृक्षरोपण गरिएको हो ।
ईन्द्रेणी युवा क्लब र हाम्रो युवा समुहद्धारा आयोजित कार्यक्रममा विभिन्न प्रजातीका एक हजार विरुवा रोपिएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम र सशस्त्र प्रहरी बलसंगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भुमी सम्बन्धी समस्या समाधान आयोगका सदस्य चयन मगर, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य भरतबहादुर खड्का, नेपाल बाल संगठन बाराका संयोजक त्रिलोक विक्रम शाह, ईन्द्रेणी युवा क्लबका अध्यक्ष कपिल खरेल, हाम्रो युवा समुहका अध्यक्ष प्रताप रिजाल, युवा नेता ईश्वर थपलियालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्