२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिका


eShilalekh

२८ असार २०७८, सोमबार ०९:०६

सिमरा : अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ब्राजिललाई १-० ले स्तब्ध पार्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।
माराकाना स्टेडियममा भएको फाईनल भिडन्तमा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले एक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले गरेको गोल नै निणर्ायक बन्न पुग्यो ।
अर्जेन्टिनाले उपाधी जितेसंगै कप्तान लियोनल मेस्सीले आफ्नो फूटवल करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् ।
यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्